खेलकुदकाे विकासमा लाग्न मुवाँथाई संघलाई सदस्य सचिव घिसिङको आग्रह

खेलकुदकाे विकासमा लाग्न मुवाँथाई संघलाई सदस्य सचिव घिसिङको आग्रह

काठमाडौं ।  नेपाल राष्ट्रिय मुवाँथाई संघको प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शुक्रबार काठमाडौमा संघले कार्यक्रमको आयोजना गरी साधारण सभातथाअधिवेशन सम्पन्न गरेको हाे ।

तीन वटा उस्तै खेल प्रकृतिको संघहरुको एकता गरी मुवाँथाई संघ बनाएर प्रथम साधारण सभा गरिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।

उनले आगामी दिनमा पनि मुवाँथाई संघलाई एकताबद्ध भएर खेलकुद क्षेत्रलाई विकास गर्न आग्रह गरे ।

उनले भने,‘मुवाँथाईको विषयमा परिषद्मा एउटै खेल प्रकृतिका तीन वटा संघहरु थियो । तीनओटा संघहरु एकतावद्ध गराएर एउटै तटस्थ समिति गठन गराएको हो । एउटै खेलप्रकृतिका संघहरु एकताको सन्देश बोक्ने आजको कार्यक्रम भएको छ । मुवाँथाईका पदाधीकारीलाई यसैगरी आगामीदिनमा एकताबद्ध भएर खेलकुद क्षेत्रलाई विकास गर्न आग्रह गर्छु ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्