सञ्चार माध्यम अझै पनि अनुदार भएको विनोद पहाडीको गुनासो

सञ्चार माध्यम अझै पनि अनुदार भएको  विनोद पहाडीको गुनासो

काठमाडौं । संविधान सभाका दलित सभासदहरुले दलित तथा पिछडिएका एवं सीमान्तकृत समुदायको मुद्दामा नेपाली सञ्चार माध्यम अझै पनि अनुदार भएको गुनासो गरेका छन् ।

जागरण मिडियाले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा संविधानसभा सदस्यहरुले धेरै मुद्दाहरु मिडियाबाट नै ओझेलमा पारिने गरिएको बताए ।
संविधानसभा सदस्य विनोद पहाडीले आफु मिडियाबाट नै उठेको व्यक्ति भएपनि आफुले बोेलेका कुरा नै सञ्चार माध्यममा नआएको गुनासो गरे । उनले विनोद पहाडीको भन्दा पनि विनोद चौधरीको बोलीले सदैव महत्व पाएको बताए ।

उनले भने ‘ महिलाका मुद्दा, जनताका, दलितका मुद्दा र सीमान्तकृत समुदायका मुद्दा कहिले पनि समेटिएन, विनोद चौधरीले बोलेको मुद्दाले महत्व पायो मिडियामा तर विनोद पहाडीको आवाज कहिले पनि समेटिएनन् ।

यस्तै संविधानसभा सदस्य कमला विश्वकर्माले कसरी हुन्छ बरु खसाल्न खोजियो तर दलित महिलाले संविधासभामा उठाएका विषयमा मिडियामा नसमेटिएको गुनासो गरिन ।

तर उनले पछि मिडियाको धारणा परिवर्तन भएको र आफहरुको पनि आवाज समेटिन थालेको बताइन ।

उनले भनिन‘ १० वर्षे जनयुद्ध, आन्दोलन र सबै क्षेत्रका आन्दोलनले गर्दा आज हामी यो अवस्थामाआएका छौ । संविधान सभामा जो महिला जुन अवस्थाबाट उठेर पुगे त्यो आफैमा गौरवको पक्षहो, तर सबैको आवाज समेटिएन । ’

कार्यक्रमको आयोजना गरेको जागरण मिडिया सेन्टर सन् २००० मा दलित समुदायका सञ्चारकर्मीहरुको पहल कदमीमा स्थापित गैरसरकारी संस्था हो ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्