काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकाअध्यक्ष राजेन्द्र लिङदेनले पृथ्बीनारायण शाहको शालिक हटाउँदा गौरव गर्ने जनप्रतिनिधिहरुको कारण पनि देशको अवस्था छर्लङ्ग हुने बताएका छन् ।
शुक्रबार भक्तपुरमाआयोजित राप्रपाको चाँंगुनारायण नगर अधिवेशनलाई सम्बोधनगर्दै अध्यक्ष लिङदेनले देशको अवस्था जनप्रतिनिधिको रवैयाको कारण नै छर्लङ्ग हुँदै गएको बताए ।
उनले भने ‘गाई काटेर गोरु काटेर भोज भतेर खाएर भिडियोमा देखाएर प्रचार गरिरहेका छन् । पृथ्वी नारायण शाहको शालिक हटाउन जनप्रतिनिधिहरु गौरव गरिरहेका छन् । देशअवस्था के छ भन्ने यसैले देखाउछ । ’
अध्यक्ष लिङदेनले राप्रपा रहेन भने कसले यो हिन्दू राष्ट्रको मुद्धा बोकेर हिड्छ ? कसले संघीयता खारेजीर राजसंस्था पूनस्थापनाको मुद्धा कसले बोक्छ ? भन्ने प्रश्नपनि गरे ।
उनले भने ‘ यदि कसैले राप्रपा फुटाउने गुट बनाउने कल्पाना मात्रै पनि गर्छ भने त्यो बौलाउँछ । त्यसलाई जनता र कार्यकर्ताको श्राप लाग्छ । ’
अध्यक्ष लिङदेनले कसैलाई हार्ने मर्ने र पछि हट्ने छुट नभएको भन्दै जसरी पनि अगाडी बढ्नुपर्ने बताए ।
गफ दिएको भरमा अब पार्टीको नेता हुन नपाइने
गफ दिएको भरमा अब पार्टीको नेता हुन नपाइने समेत अध्यक्ष लिङदेनले बताएका छन् । राप्रपाका नेता हुँ भन्नेहरुले पार्टीलाई असफल बनाएर छाडेको आरोप लगाए ।
उनले भने ‘ अब राप्रपामा केन्द्रीय कार्यलयमा घुमेर,कनै नेताको घर दैलो गरेर ,नेताको घरमागएर कुरा लाएर नेता हुन नपाउने व्यवस्था मिलाएका छौं । राप्रपा कहाँअसफल भयो पत्ता लगाईसकेको छौं र राप्रपा असफल भएकै राप्रपाको नेता हुँ भन्नेहरुले काम नगरेर हो । ’
अध्यक्ष लिङदेनलेअब नेताहरुलाई खुट्टा माथि खुट्टा खापेर सोफामा बसेर ठूलो ठूलो कुरा गर्ने मौका नपाउने व्यवस्था मिलाएको बताए ।
उनले भने ‘ कुराले दलिन जुधाउने भन्छ नि नेता नेता जुधाउने यताको कुरा उतालाने धाउने अहिले पनि साना सानाअवशेषहरु बाँकी छ । ’
उनले अब सबै एक भएर अगाडि जानु पर्ने र भ्रष्टाचार गर्न नहुने बताए ।
अहिले भ्रष्टचारको विरुद्धमा कुनै पनि नेता,कुनै पार्टी बोल्छ भने राप्रपाको डरले बोलेको लिङदेनको दावी छ ।