गुणस्तर वृद्धि गर्नु प्राधिकरणको मुख्य चुनौती : कार्यकारी निर्देशक घिसिङ

गुणस्तर वृद्धि गर्नु प्राधिकरणको मुख्य चुनौती : कार्यकारी निर्देशक घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक घिसिङले विद्युत व्यवस्थापन र गुणस्तर वृद्धि प्राधिकरणका लागि चुनौती बन्ने बताए ।

उनले भने ‘ आगामी दिन प्राधिकरणको लागि थप चुनौतीपूर्ण छ,अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्न,विद्युत व्यवस्थापन गर्न,विद्युत आपूर्तिको निम्ति गुणस्तर वृद्धि गर्नु प्राधिकरणको मुख्य चुनौती हुन् । ’

कार्यकारी निर्देशक घिसिङले आगामी १० बर्षको अवधिलाई देश विकासको घोषणा गर्न आवश्यक रहेको पनि बताए ।

उनले भने ‘ आगामी १० वर्षलाई देश विकास दशक घोषणा गरी वर्तमान ऐन कानून संशोधन गरेर व्यापक र प्रतिस्थापन गर्नु पर्ने टड्कारो आवश्यकता देखिन्छ । वनक्षेत्रको जग्गा उपभोगलाई सहज बनाउन चालु आर्थिक वर्षको बजेट मार्फत केही कार्यक्रमहरु त घोषणा गरिएका छन् तर त्यसको कार्यान्वयनमातर्फ जटिलता देखिन्छ । ’

सूचना प्रविधि तथा नीति तयार गरि संस्थाको सेवालाईअझै आधुनिकीकरण तथा स्वचालित गर्न आवश्यक भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ ।
प्राधिकरणले प्रदानगर्ने सेवामाप्रभावकारिताल्याउने र प्रणलीलाई स्वचालित रुपमा सञ्चालन गर्ने कार्यलार्य उच्चप्राथमीकतादिईने उनको भनाई छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्