चार्टर्ड विमान दुर्घटनामा पर्दा १० जनाको मृत्यु

चार्टर्ड विमान दुर्घटनामा पर्दा १० जनाको मृत्यु

काठमाडौं । मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटना भएको हो ।

६ यात्रु र चालक दलका २ सदस्य रहेको विमान दुर्घटना भएपछि सडकमा गुडिरहेका कार र मोटरसाइकलसँग ठोक्किएको थियो ।

दुर्घटनामा विमानमा रहेका ८ जना र मोटरसाइकल र कारमा सवार दुई गरी १० जनाको मृत्यु भएको सिएनएनले जनाएको छ ।

विमान दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान र पोष्टमार्टमका लागि टेंकु अम्पुअन रहिमह हस्पिटल लगिएको छ ।

दुर्घटनाको अनुसन्धान मलेसियाको यातायात मन्त्रालयको नेतृत्वमा हुने बताइएको छ । यातायात मन्त्री एन्थोनी लोकले अनुसन्धान जारी रहेको सिएनएनलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्