काठमाडौं । सदनको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता जारी छ ।
सभामुख घिमिरेको सचिवालयका अनुसार जारी सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा छलफल भइरहेको हाे।
सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि ५ पटक छलफल गरिसकेका छन् ।
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले पटक पटक सदन अवरुद्ध गर्दै आएको छ ।