काठमाडौं । अरुको फेसबुक आईडि ह्याक गरी रकम ठगि गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमाबारा जिल्ला जितपुर सिमरा उप-महानगरपालिका वडा नं. १७ रामनगरघर भई हाल काठमाडौं बस्ने सिमान्त लामा,रोहन तामाङ , अमन्त लामा,अनुप श्रेष्ठ र कास्की घर भई हाल काठमाण्डौ नयाँ बसपार्क बस्ने सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेको प्रहरीले जनाएको छ ।
उनिहरुले फेसबुक ह्याक गरी बिभिन्न बाहानामा ओटिपी मागी चौध लाख अन्ठाउन्न हजारको कारोवार गरेको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार,नयाँबसपार्कबाट,कार्यलायबाट खटिएको विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाईएको प्रहरीले जनाएको छ ।