राज्यका सबै अङ्गले जनताको विश्वास जित्नेगरी काम गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

राज्यका सबै अङ्गले जनताको विश्वास जित्नेगरी काम गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणको तयारी सम्बन्धी कामको जानकारी गराएको छ।

बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको बैठकमा कार्यालयका कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले कार्यालयको वस्तुस्थिति र आगामी योजना एवं कार्य तालिकाबारे ब्रिफिङ गरेका थिए ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सुशासन, वित्तीय अनुशासन र पारदर्शीतामा गम्भीर रूपमा लागेको बताउँदै राज्यका सबै अंगले जनताको विश्वास आर्जन गर्ने गरि काम गर्नुपर्ने उल्लेख गरे ।

उनले भने “हामी सामाजिक न्याय, सुशासन र समृद्धिको महान् अभियानमा छौँ। सुशासन, वित्तीय अनुशासन र पारदर्शिता त्यसका लागि महत्वपूणर् शर्त हो । तर, आम जनतामा राज्य र राज्यका विभिन्न अंगप्रतिको विश्वास कमजोर भएको बेला छ। इमान्दारिता र पारदर्शीताको तह घटेर तल गएको छ। यो स्थितिलाई बदल्नैपर्छ। विश्वसनीयता कसरी कायम गर्ने, पारदर्शीता कसरी गराउने, सुशासन कसरी कायम गर्ने भन्नेबारे हामीले गम्भीर रूपमा सोच्नुपर्दछ।”

कार्यालयले तीन चरणको कार्यतालिका बनाएर देशभरिका सरकारी कार्यालयहरूको लेखापरीक्षण गर्ने जानकारी गराएको छ। लेखापरीक्षणका लागि उपसचिव स्तरको अडिटर र अधिकृत स्तरका लेखापरीक्षकहरू खटिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्