आज देशका पहाडी भू-भागमा वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मौसम आँशिक देखि सामान्य बदली रही आज सातै प्रदेशको पहाडी भू-भागमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल देशभर आँशिक देखि सामान्य बदली रही कोशी प्रदेशको केही स्थानहरुमा, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेको छ।

बुधबार दिउँसो सबै प्रदेशका पहाडी भू-भागको केहि स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण विभागको रहेको छ ।

भरे राती कोशी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाहुने अनुमान विभागको रहेको छ। साथै मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

मनसुनको न्यूनचापीयरेखा नेपालनजिकरहेको छ। आजबाट विस्तारै पानीकमपर्न थाल्ने विभागले जनाएको छ । पछिल्लो चौविस घण्टामा लुम्ले र ताप्लेजुङमा २ मिलिमिटर मात्रै वर्षा मापनभएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्