काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्यवृद्धि गरेको छ ।
निगमले आज राति १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १४ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।
यस संगै अव उपभोक्ताले पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १६७ रुपैयाँ तिर्नुपर्नेछ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १७३ र डिजेल तथा मट्टितेलको मूल्य १५३ रुपैयाँ कायम रहेको थियो ।
इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएरकोले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।