माधव नेपाल नाम मात्रको वामपन्थी: केपी ओली

माधव नेपाल नाम मात्रको वामपन्थी: केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई नामको मात्रै वामपन्थीको संज्ञा दिएका छन् ।

मंगलबार नेकपा एमाले, बागमती प्रदेशको प्रशिक्षण कार्यक्रममा उनले नामै किटेर माधव नेपाल युवा आन्दोलन समाप्त पार्न वामपन्थीको साइनबोर्ड र स्वार्थको झोला बोकेर मरिमेटेको आरोप लगाए ।

‘विचरा माघव नेपाल नाम त लिन नहुने हो तर युवा आन्दोलन समाप्त पार्न यति तल गिरे, अदालत गए, कहाँ गएनन् ? के गरेनन् होला र ? प्रतिक्रियावादी दक्षिण पन्थी सरकार बनाए । दुई तिहाई बहुमतको सरकार ढालेर यो पार्टीको वरिष्ठ नेता हुदाँ हुँदै  पछाडिबाट गएर हाम्रो सरकार गिराउँन खोज्ने, खासमा झोले भनेका वामपन्थी भनेर दक्षिणपन्थीको झोला बोकेर हिन्ने हुन् । नामका वामपन्थी, साईन बोर्ड वामपन्थी भनेर स्वार्थको झोला बोकेका छन्  ’ उनले भने ।

उनले दुई तिहाईको सरकार ढालेर पार्टीको वरिष्ठ नेता हुदाँ हुँदै  पछाडिबाट गएर सरकार गिराउँन खोजेको आरोप लगाएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्