काठमाडौं । सत्तारुढ गठवन्धनका शीर्ष नेताहरुको बैठकले, सुन प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग छानबिन प्रक्रियालाई अबरोध गर्ने प्रयास स्वरुप आएको निष्कर्ष निकालेको छ ।
बालुवाटारमा बसेको, गठबन्धन दलको बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने ‘वास्तवमा भन्ने हो भने यस्तो अवस्थामा उच्च स्तरीय आयोगको माग्नु भनेको चै यो भइरहेको छानबिनलाई अवरोध गर्नु हो । र ,यो केसलाई डेल्युट गर्नु हो भन्ने खालको हामी सबैको छलफल रह्यो ।’
त्यस्तै बैठकमा प्रतिपक्षको मागबारे गम्भीर छलफल भएको उनले बताए । ललिता निवास प्रकरणमा अदालतले दिएको आदेश र गौर हत्याकाण्डको अनुसन्धानको विषयमा पनि बैठकमा छलफल भएको उनले जानकारी दिए ।