काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जब जब नेपाललाई अप्ठयारो परेको छ तब तब संसद बन्द हुने गरेको इतिहास रहेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै सांसद भण्डारीले भ्रष्टाचारका ठूला काण्ड हुँदा सदन अवरुद्ध हुने गरेको चर्चा गरे ।
उनले भने ‘ अहिले नेपालमा ठूला ठूला भ्रष्टाचारको काण्ड सार्वजनिक हुँदा नेपालको सदन बन्द भएको छ । त्यसैले नेपालका पार्टी भित्र जहाँ सहि कुरा तिर नेपाल अगाडि बढ्छ त्यस्लाई काम गर्न दिँइदैन् । प्रतिपक्षी दलका केपी ओलीलाई पनि म यो भन्न चाहन्छु । ’
सांसद भण्डारीले राम्रो काम होस, भ्रष्टाचार नहोस भन्ने कुरामा समय धेरै गएको र यस प्रति युवाहरुको असन्तुष्टि देखिनु स्वभाविक भएको बताए ।
उनले भने ‘ यो देशमा नेताहरुले राम्रो काम गरेको भए आज युवा जति विदेश जान्थे त ? नराम्रो भित्र राम्रो खोजेको हो नी? राम्रो त गर्दै गरेनन नि यो मुलुकमा त । ’
सांसद भण्डारीले ललिता निवास र सुन काण्डको केही कुरा मात्र सुरु भएको बताए । उनले राजनीति भनेको टु प्लस टु फोर भनेको जस्तो हैननी, म्याथम्याटिक्स हो र ? भन्दै प्रश्न समेत गरे ।