काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले देश अहिले आतंककारीहरुको समूहले चलाएको जस्तो महसुस भइरहेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै सांसद शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको रबैया आतंककारी समूहको जस्तो भएको आरोप लगाए ।
उनले भने ‘ अहिलेको प्रधानमन्त्री र गृहमन्त्रीको जुन रवैया छ, त्यो प्रजातान्त्रिक देशको प्रधानमन्त्री र गृहमन्त्रीको रुपमा नभएर एउटा आतंककारीहरुको समुहले चलाएको जस्तो गरी देश चलाएका छन् । ’
सांसद शर्माले आफुलाई गिरफ्तार गरेको शैली आतंककारीको जस्तो शैली भएको बताए ।
गृहमन्त्रीले जसरी पनि राजीनामा दिनै पर्ने उनको माग छ ।
यो सरकारकार पूर्ण रुपमा असफल भएको र जनताको पक्षमा कुनै पनि काम गर्न नसकेको जिकिर पनि शर्माले गरे ।
उनले सरकारले जनताको न्यूनतम आवश्यकता समेत पूरा गर्न नसकेको बताए ।