काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा बैठकमा सभामुखले पक्षपाति व्यवहार गरेको आरोप लगाएका छन् ।
आज सोमबार पनि सदन अवरुद्ध भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सदन चलाउने कुरामा सभामुखले पक्षपाति व्यवहार गरेको आरोप लगाए ।
‘सभामुखको क्रियाकलाप, यो सचिवालयको यो क्रियाकलाप, यो सदन हाइज्याक भएकै हो । सदनलाई हाइज्याक गरिएकै हो ।’ उनले भने, ‘ संसद हाइज्याक गर्न पाईदैन् । त्यो सम्मान कायम राख्न सक्नु पर्छ । दल छोडेर संसद छिरिसकेपछि दलको बन्न पाइदैन् । व्यवहारले पनि पाईदैन्, क्रियाकलापले पनि पाइदैन् । भित्रिरुपमा पनि पाइदैन्, बाहिरि रुपमा पनि पाँइदैन् ।
यस्ता गतिविधिले लोकतन्त्रको मान्यतामाथि कुठारा घात हुने र ठुलो ठेस लाग्ने उनको भनाई थियो ।
नियोजितरूपमा सदन हाइज्याक गरेका कारण जनताका आवाज उठान गर्न नसकिएको भन्दै उनले आफ्नो पार्टीले गम्भीर ढंगले त्यसको जवाफ दिन बाध्य हुने चेतावनी समेत दिए ।