पोखरा । पोखराको मणिपाल शिक्षण अस्पताल र अटोवेज प्रालि बीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा’ योजना‘मा सम्झौता भएको छ ।
अस्पतालले हालै ल्याएको स्वास्थ्य प्याकेज योजना ‘ब्यबसायीक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ्य परीक्षण योजना’ लागु गर्ने गरी अस्पताल प्रशासन र अटोवेज व्यवस्थापनका बिच सम्झौता भएको भएको हो ।
अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविल र अटोवेजका तर्फबाट निर्देशक सन्ध्या पौडेल बीच भएको सम्झौता अनुसार अटोवेज प्रालिमा आबद्ध सबैले अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने छन्।
अटोवेज प्रालिमा आबद्ध कर्मचारीहरूसँगै उनीहरूका परिवारका सदस्यहरूले समेत स्वास्थ्य सेवा सुविधा प्राप्त गर्ने गरी सम्झौता भएको निर्देशक पौडेलले जानकारी दिइन् ।
उनका अनुसार अबदेखि अटोवेजका कर्मचारी तथा परिवारका सदस्यहरूले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन ।
त्यस्तै निःशुल्क डाक्टरी परामर्श, साधारण बेड चार्जमा २५ प्रतिशत छुट, साधारण एमआरआई र सिटी स्क्यानमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
नियमित जाँचमा १५ प्रतिशत छुट र न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका शल्यक्रियामा १० प्रतिशत छुट प्राप्त गर्ने गरी सम्झौता भएको निर्देशक पौडेलले बताइन ।