स्वदेश फर्किएर नेपालले भने ‘म भाग्ने मान्छे होइन, राजाले गिरफ्तार गर्न खोज्दा त भागिन’

स्वदेश फर्किएर नेपालले भने ‘म भाग्ने मान्छे होइन, राजाले गिरफ्तार गर्न खोज्दा त भागिन’

काठमाडौं । एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, बालुवाटार प्रकरणमा आँफूले कुनै गल्ति नगरेको दाबी गरेका छन् ।

साता लामो युरोप भ्रमणपछि सोमबार बिहान स्वदेश फर्किएका नेपालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आँफूले कुनै बदमासि नगरेको दाबी गरे । उनले भने ‘नबिराउनु नडराउनु मैले केही पनि विराएको छैन् । कुनै बदमासि गरेको छैन् । कुनै अपराध गरेको छैन्, कुनै भ्रष्टचार गरेको छैन् । कुनै पनि लेनदेन गरेको छैन् । यो सबै स्थितिको कारणले गर्दा म आत्तिएको छैन् । र अलि अलि चित्त दुखेको छ । ’

उनले अहिले देश अन्यौलको अवस्थामा रहेको भन्दै उनले छानबिनमा सहयोग गर्न तयार रहेको बताए ।  ‘के गरौलाँ भनेको के पो भयो भने जस्तो देशको स्थिती छ । बालुवाटार प्रकरणमा त्यो काम कुन प्रधानमन्त्रीको कार्यकालमा भएको हो भनेर भन्ने कुरामा संभवत मेरो नाम अरु भन्दा अग्रपन्तमिा पर्दछ । त्यस्तो केही बदमासि केही भएको छ भने त्यसको छानबिन होस, त्यसमा मेरो तर्फबाट के सहयोग गर्नु पर्ने हो मेरो सहयोगी भुमिका रहनेछ ।’ उनले भने ।

उनले आफूलाई भाग्यो भन्ने आरोप लगाइएको भन्दै चित्त दुखाए । ‘सर्वोच्चबाट अघिल्लो दिन बेलुका ललिता निवास छानबिन अघि बढाउनु भनेर भनियो । म प्रधानमन्त्री भएको बेला जग्गासम्बन्धी कतिपय निणर्य भएको थियो । माधव नेपाल भाग्यो भनेर लेखे । माधव नेपाल भाग्ने खालको मान्छे हैन भन्ने बुझ्नुपथ्र्यो । राजाले गिरफ्तार गर्न खोज्दा त भाग्ने मान्छे हैन । कुनै गल्ती अपराध बदामासी नगरेको, भ्रष्टाचार नगरेको सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रममा जाने अवस्था बन्यो म गएँ ’

उनले नेपाली राजनीतिमा निकै नै जटिला देखिएको भन्दै संसद अवरोध गर्न नहुने बताएका छन् ।  जारी संसद अवरोधले जनतामा धेरै नकरात्मक सन्देश गएको भन्दै उनले त्यसलाई ध्यानमा राखेर सरकारले काम गर्नु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्