काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपालको पहाडी भू भागको नजिक) अवस्थित रहेको छ। यसका साथै बंगालको खाडीबाट आइरहेको जल बास्पयुक्त हावाको पनि प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले पछिल्लो २४ घण्टामा वीरेन्द्रनगर,नेपालगञ्ज,धरान, घोरही, धनकुटा लगायतका स्थानमा अत्याधिक वर्षा भएको जनाएको छ । विभागले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दाउत्तरतिर नेपालको पहाडि भू-भागनजिकै सरेकाले पहाडको धेरै ठाउँमा वर्षा भएको र आज दिउँसो देखि भोलिसम्म पानी पर्ने अनुमान गरेको हो ।
आज दिउँसो देशभर मौसम आँशिक देखि सामान्यबदली रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहितभारी वर्षाको समेत सम्भावना रहेको ले महाशाखाले सर्तकताअपनाउनआग्रह गरेको छ । साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सोमबार राती देशभर सामान्यदेखि पूर्ण तया मौसम बदली रही कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
पछिल्लो २४ घण्टामा विरेन्द्रनगरमा अति भारी वर्षा भएको महाशाखाले जनाएको छ । विरेन्द्रनगरमा मात्रै ११८ दशमलव ५ मिलिमिटर वर्षा मापन भएको छ । त्यसपछि नेपालगञ्जमा १०४ दशमलव ७ मिलिमिटर वर्षा भएको छ । यस्तै, धरानमा ८१ दशमलव ८, दाङको घोराहीमा ७७ दशमलव ६, काठमाडौमा ३६ दशमलव ६,पोखरामा ३६ दशमलव ५, ओखलढुंगामा ५५ दशमलव १ तथा ताप्लेजुङमा ५३ दशमलव २ मिलिमिटर वर्षा मापनगरिएको छ ।
उक्त क्षेत्र भएर बग्ने ठूला नदी तथा खोलामा जल सतह उच्च हुने हुँदा बाढी,पहिरो र डुवानबाट जोगिन महाशाखाले सबैलाई उच्च सर्तकता अपनाउन भनेको छ । साथै,सडक मार्गको प्रयोग गर्दा पूर्व सूचनालिएर मात्रै यात्रा गर्न पनि आग्रह गरेको छ ।