काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०० किलो सुन काण्ड चुस्की लिने विषय नभएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले आफुहरुले संसद चलाउन खोजिहरेको बेलामा सत्ता पक्षका सबै उठेर हो-हल्ला गर्ने र बोल्न नदिने गरेर आफैं अवरोध गरिरहेको आरोप लगाए ।
‘हामी संसद चलाउन खोहिरेका छौं, तर प्रतिपक्ष बोल्न खोज्ने वित्तिकै सत्ता पक्ष सबै उठेर होहल्ला गर्ने, बोल्न नदिने, प्रतिपक्ष बोल्यो भने सुन तस्करीको सिलसिलेवार काण्डको बारेमा थाहा हुन्छ भन्ने भय भएको छ , ओलीले भने
‘देश यस्तो भयावह ढंगले देशमाथि प्रहार भईरहेको छ । एउटा नाकाबाट दिनमा १०० किलो सुन बाहिर आईरहेको छ, सबै पास भएको छ । अनि के यो चुस्की लिने विषय हो ?’
संसद अबरोध एमालेले नगरेको र त्यस्तो अवस्था सिर्जना गर्न नहुने उनको भनाइ थियो । संसद निदाएर बस्ने ठाउँ नभएकोले देश र जनताको पक्षमा बोल्नु पर्ने बताए ।
देश र जनताको लागि बोलेको कुरालाई सरकारले सकारात्मक ढंगले लिनु पर्ने पनि उनको भनाई थियो ।