काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालसहित ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।
समयमा भुक्तानी नपाएको र भुक्तानीको म्यादथप गर्नुपर्ने लगायतका विभिन्न नौ बुँदे माग राखेर आन्दोलन गर्दै आएका निर्माण व्यवसायीहरु आज कार्यालय समयमा ललितपुर स्थित सिँचाई विभागको कार्यालयमा ताला लगाउन पुगेका थिए।
नारावाजी सहित विभागको कार्यालयमा ताला लगाउन सफल उनीहरुलाई प्रहरीले पक्राउ गरेर ताला खोलाएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।
‘हामीले नौंबुँदे माग राखेर कार्यालयमातालालगाएकाथियौं । प्रहरीले बल प्रयोग गरेर तालाखोलेसँगै हाम्रो महासचिव सहित ४५ जनाभन्दा बढी व्यवसायी साथीहरुलाई पक्राउ गरेको छ,’सिंहले भने ।
आइतबार ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।