काठमाडौँ । कामाडौँको बल्खु खोलाको जिरो प्वाइन्टबाट बाढीमा अड्किएका दुई बालकको प्रहरीले उद्धार गरेको छ ।
कीर्तिपुरको सीमा क्षेत्रस्थित बल्खु खोलाको बीच भागमा बाढी आएर अड्किएका कलङ्की निवासी सुमित आचार्य र रिदम अधिकारीलाई प्रहरीले आज दिउँसो उद्धार गरेको हो ।
खोलाको बीचमा थोरै उठेको भागमा अड्किएर बसेका उनीहरुलाई ट्युब र डोरीको सहयोगमा उद्धार गरिएको प्रहरी वृत्त कीर्तिपुरका डिएसपी राजु लामाले जानकारी दिए ।
पौडी खेल्न गएका बेला खोलामा बाढी आएपछि उनीहरु बीच भागमा अड्किएका थिए ।