ओलीको प्रश्न : माओवादी युद्द कस्को विरुद्ध थियो ?

ओलीको प्रश्न : माओवादी युद्द कस्को विरुद्ध थियो ?

 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी हिंसा र युद्द कस्को लागि लडिएको थियो भन्दै प्रश्न गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित समृद्ध नेपाल सुखी नेपाली देश विकासको मार्ग चित्र विषयक अन्तक्रिया कार्यक्रममा अध्यक्ष ओलीले माओवादी युद्द कस्को विरुद्ध लडिएको थियो भन्ने प्रश्न  गरेका हुन् ।

उनले भने ‘ माओवादी हिंसा, द्धन्द्ध, युद्ध, जनयुद्ध लडिएका कस्को लागि थियो ? कस्को  विरुद्ध ? पिरोलिएको थियो । त्यसबिचमा मारिए को ? पोलिटिकल पार्टीका कार्यकर्ता ,मारिए को ? समाजका प्रतिष्ठित बुद्धिजीवीहरु मारिए, समाजलाई बाटो देखाउने बत्तिहरु मारिए ,गुरु लुईटेलहरु मारिए ,लमजुङका मुक्ति अधिकारीहरु मारिए । ’

अध्यक्ष ओलीले माओवादी सशस्त्र युद्दमा जो समाजका आड भरोसा थिए, जो समाजका अभिभावक जस्ता थिए त्यस्ता व्यक्तिहरु छानी छानी खोजी खोजी मारेको बताए । उनले युद्ध भएको भए युद्धको नियम पालना हुने चर्चा गर्दै माओवादी सशस्त्र युद्द हिंसा मात्र भएको दावी गरे ।

ओलीले माओवादीले सेना समायोजन गर्दा  घोटला भएको भन्दै  प्रश्न समेत  उठाए । पहिले भनेजति सेना नभएको र उनीहरुको नाममा लिएको पैसा माओवादीले नेताहरुले कहाँ लगे भन्दै उनले प्रश्न गरे ।

‘क्यान्टोनमेनमा के भयो त ? ३४ हजार भनियो, ३ हजार भागे ३१ हजार भनियो ति पनि थिएनन् । गन्न खोज्दा मान्छे जम्मा गरेर ल्याईयो । मान्छे ट्रक का ट्रक जम्मा गरियो । यो दुनियाँले देखेको छ । कतिपय कुराहरु चिरन्जिवीजीहरुले किन नदेखेको जस्तो गर्नु भयो म बुझ्दिन ।’ उनले भने,  ‘३१ हजार भनेर माओवादीले पैसा लिएको लियै ग¥र्यो । गन्छौ भनेपछि देश भरिबाट मान्छे ओसारियो । २४ हजार मात्र प¥र्यो । के ३१ हजार बाट २४ हजारमा एकै दिन घटेको हो ? २४ हजार नै सदर गर्दा पनि बीचको पैसा कहाँ गयो त ?

तत्कालिन माओवादी सेना १९ हजार समेत नरहेको उनको भनाई छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्