सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

काठमाडौं । नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश सुनाएको हो ।

जिल्ला न्यायधिश दन्डपाणी शर्माले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका हुन्।

शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेको थियो ।

नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका शर्मा बाहेक अन्य पाँच जना चिकित्सकलाई ५ दिनको समय दिइएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्