पहिरोमा पुरिएर प्रहरी जवानको मृत्यु

हेटौंडा  । मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा परिएर ज्यान गएको छ ।

ज्यान गुमाउनेमा जाजरकोटको शिवालय गाउँपालिका ८ घरभएका कृतिबहादुर नेपाली रहेका छन् ।

भैँसे बजारबाट हेटौंडा बजारतर्फ मोटरसाइकलमा प्रहरी जवान नेपाली र सुनिल मेचे आउँदै गर्दा बिहीबार राति ११:२५ बजे त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित हेटौंडा–भैँसे सडक खण्डको बुलबुलेमा माथिबाट पहिरो खस्दा उनी घाइते भएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

अर्का घाइते प्रहरी जवानको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्