कपनमा चल्यो बालेनको डोजर

कपनमा चल्यो बालेनको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कपनको खहरे खोला खुला गर्न सुरु गरेको छ।

हिजो बिहानदेखि दुई पालिकाबीच खोलाको विषयमा विवाद हुँदा खोला वरपरको संरचना हटाउन सकेको थिएन ।

आज दुई पालिकाका प्रतिनिधिबीच लामो छलफलपछि महानगरले बुढानिलकण्ठ नगरपालिका- १० र काठमाडौं महानगरपालिका- ७ को सीमानामा पर्ने खहरे खोला खुल्ला गर्न सुरु गरेको हो ।

यसअघि बुढानिलकण्ठका स्थानीय र जनप्रतिनिधिले महानगरको कार्यक्षेत्र नपर्ने भन्दै डोजर चलाउन रोक लगाएका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्