पहिचानको मुद्धा घृणा फैलाउनको लागि हैन : अध्यक्ष ओली

पहिचानको मुद्धा घृणा फैलाउनको लागि हैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचान देशको हितको लागि हुनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा २९ औं विश्व आदिवासी दिवसको अवसरमा  आयोजित कार्यक्रममा उनले हाम्रो पहिचानको मुद्दा समस्या समाधान गर्न, समानता र सदभावको लागि भएको बताए ।
‘पहिचान देशको हितमा हुनुपर्छ । देशको हितको लागि पहिचान हो । देशमा समस्या खडा गर्नको लागि हाम्रो पहिचाानको मुद्धा हो र ? हाम्रो पहिचानको मुद्धा समस्या समाधान गर्नको लागि र समानताको सद्भावको लागि हो । पहिचानको मुद्धा घृणा फैलाउनको लागि हैन् । विजनेशको लागि हैन, मित्रता बढाउनको लागि हो ।’

नेकपा एमाले सँधै समानताको पक्षमा उभिएको उनले  बताएका छन् । राष्ट्रिय एकताले मात्र देशको हित र विकास गर्न सकिने ओलीको भनाई छ ।

ओलीले अहिले साम्प्रदायीक घृणा फैलाउने प्रयास भइरहेको आरोप समेत लगाएका छन् ।  हिजो आरक्षणको कुरा सुन्नै नचाहानेहरुले अहिले त्यसको जस लिन खोजेको र रंग बदलेर विद्रोह र कलह बढाउन खोजेको आरोप उनले लगाए ।

ओलीले भने ‘अस्ति सम्म मात्रै हामीले आरक्षणको कुरा गर्दा ३३ प्रतिशत महिलाको आरक्षणको कुरा गर्दा वा उत्पिडीत वर्गको आरक्षणको कुरा गर्दा वा आदिवासी जनजातीको कुरा गर्दा उहाँहरुको सहभागिता यथोचित ढंगले हुनुपर्छ भनेर हामी लड्दा हाम्रो मजाक उडाउनेहरु, आज देशको हिमायतीहरु बनेका छन् । त्यही तत्वहरु अर्को रंग बदलेर पहिचानको राजनीति भन्दै साम्प्रदायीक घृणा, विद्रोह, कलहको राजनीति गर्न खोजिरहेका छन् ।’

विविधता मुलुकको विशेषता भएको भन्दै उनले त्यसलाई सम्मान गर्न सबैलाई आग्रह गरे । सामाजिक न्याय र समानता आदिवासी जनजातीको विषय मात्रै नभई सम्पूर्ण नेपालीको विषय भएको उनको भनाई छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्