काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, देशले नक्कली ढङ्ले विद्युत बचत छ भनेर निर्यात गरीरहेको दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को विचार गोष्ठी कार्यक्रममा उनले देशमा माग अनुसारको आपूर्ति गर्न नसकेको अवस्थामा नक्कली ढङ्ले विद्युत बचत छ भनेर निर्यात गरिरहेको भन्दै उर्जा बेच्यौ भन्ने कुरा निरर्थक भएको तर्क गरे ।
उनले भने,‘अहिलेको अबस्था विद्युत निर्यात गरिरहेका छौँ भने हाम्रो माग अनुसारको आपूर्ति गर्न सकेका छैनौँ । नक्कली ढङ्ले विद्युत बचत छ भनेर निर्यात गरीरहेका छौं किनकी थूप्रै उद्योगहरुले विद्युत पाएका छैनन् । आवश्यक अनुसारको पाउनु पर्ने पाएका छैनन् । त्यस अनुसारको माध्यम नभएर पनि पाएका छैनौं । यस्तो अवस्थामा हामीले उर्जा बेचेउ भन्ने कुरा निरर्थक छ । धेरै नोक्सान सहेर बेचेका छौं ।’
उनले प्रधानमन्त्रीले भारत भ्रमणको समयमा कस्ता नीतिको साथ जान लागेको केहि छलफल नगरी गएर खुर्केट कर्णाली सुम्पिएर आएको आरोप लगाए ।
उनले भने,‘प्रधानमन्त्रीले भारत भ्रमणको समयमा कस्ता नीतिको साथ जान लागेको के के छ योजना केही भन्नुभएन केहि छलफल नगरी खुर्केट कर्णाली सुम्पिएर आउँनुभयो ।’
उनले विद्युत प्रयोग जो कोहिले पनि गर्न पाउँने तर नियन्त्रण आफ्नो देशको हुनुपर्ने धारणा राखे ।