पोखरामा नहरमा डुबेका बालक मृत फेला

पोखरामा नहरमा डुबेका बालक मृत फेला

 

पोखरा । पोखरामा पौडी खेल्ने क्रममा नहरमा डुबेर बेपत्ता भएका बालक मृत भेटिएका छन् ।

पोखरा महानगरपालिका १७ स्थित पावर हाउसको नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका १० वर्षीय सम्बोधन अधिकारी मृत भेटिएका हुन्।

बिहीबार मध्यान्ह करिब १२:०० बजेको समयमा डुबेर बेपत्ता भएका बालकलाई खोजी गर्ने क्रममा नजिकैको रहमा शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डिएसपी बेद जोशीले जानकारी दिए ।

‘बालक बेपत्ता भएको खबर लगत्तै उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली उक्त स्थानमा खटिएको थियो,’ डिएसपी जोशीले भने, ‘खोजी गर्ने क्रममा झन्डै एक घण्टापछि सवा एक बजे  बालकको शव भेटिएको हो ।’

बालकको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ ।

तस्बिर :

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्