जनजातीका माग सम्बोधनका लागि गम्भीर छलफल जरुरी : उपमेयर डङ्गोल

जनजातीका माग सम्बोधनका लागि गम्भीर छलफल जरुरी : उपमेयर डङ्गोल

काठमाडौं । काठमाडौं महानगरपालिका उपमेयर सुनिता डङ्गोलले आदिवासी जनजातीका समस्या समाधानका लागि गम्भीर छलफल जरुरी रहेको बताएकी छिन्।

२५ औं विश्व आदिवासी दिवस मुल समारोह समितिद्वारा आयोजित कार्यक्रममा उनले राजनीतिकरुपमा सबै समस्या समाधानका लागि आवश्यक छलफल गर्नु पर्ने बताइन् ।

उनले भनिन्,‘राजनीतिक रुपमा पनि आदिवासी जनजातीलाई अग्रभागमा देख्न सक्नुपर्छ र सँधै आदिवासी जनजातीको विषयमा सम्बोधन गरीरहँदा सुझाव दिने मात्र होईन् एउटै टेबलमा बसेर छलफल गर्ने वातावरण श्रजना गर्नुपर्छ ।’
सामाजिक र राजनीतिक रुपमा आदिवासीका समस्या समाधानका लागि प्रयास हुनु पर्ने बताएकी उनले युवा नै परिर्वतनको संवाहक भएको बताइन् ।

उनले भनिन्,‘अब अग्रसर हुनुपर्छ । सामाजिक सांस्कृतिक र राजनीतिक रुपमा आर्थिक रुपमा हरेक क्षेत्रमा साच्चीकै परीवर्तनको आवास गर्ने हो भने र जनजाति आदिवासी हक अधिकारको लागि कार्यक्रम सँगसँगै विश्वव्यापी रुपमा पर्वको रुपमा मनाउँने हो भने र यथार्त रुपमा महत्व झल्काउ यूवा परीवर्तनको संवाहक हो र हुनुपनि पर्छ ।’

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्