काठमाडौं । बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन महानगरको टोली कपन पुगेको छ ।
बिहीबार काठमाडौं महानगरपालिका -७ स्थित कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोली कपनको साततले पुगेको हो ।
स्ल्याब हटाउन गएको महानगरको प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयको विरोधपछि डोजर चल्न दिइएको छैन् ।
काठमाडौं महानगरपालिकाले कुनै जानकारी नदिइ एकाएक साततलेमा डोजर चलाएको स्थानीयको भनाइ छ ।