पोखरा । पोखरामा पौडी खेल्ने क्रममा नहरमा बगेर एक बालक बेपत्ता भएका छन् ।
बिहीबार मध्यान्ह करिब १२:०० बजेको समयमा पोखरा महानगरपालिका १७ स्थित पावर हाउसको नहरमा पौडी खेल्ने क्रममा बगेर १० वर्षीय बालक बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा पोखरा १७ घारीपाटन निवासी डिल्लीराम अधिकारीको छोरा सम्बोधन अधिकारी रहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डिएसपी बेद जोशीले जानकारी दिए ।
डिएसपी जोशीका अनुसार अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली बालकको खोजी तथा उद्धार कार्यमा खटिएको छ ।