पोखरामा सुनजस्तो धातुसहित महिला पक्राउ

पोखरामा सुनजस्तो धातुसहित महिला पक्राउ

पोखरा । पोखरामा सुन जस्तो देखिने पहेलो धातुसहित एक महिला पक्राउ परेकी छन् ।

झापा बिर्तामोड घर भई काठमाडौं बस्दै आएकी ४५ वर्षीया कल्पना गुरुङ पोखरा -९ पृथ्वीचोकबाट २८० ग्राम २९ मिलीग्राम धातुसहित पक्राउ परेकी हुन् ।

विशेष सुचनाको आधारमा काठमाडौंबाट पोखरा आएको ग१ख ९९४४ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा गुरुङ पक्राउ परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख, डिएसपी बेद जोशीले जानकारी दिए ।

‘विशेष सूचनाका आधारमा हामी उक्त स्थानमा तैनाथ भइ बसबाट झरेकी महिलाको शरीर खानतलासी गर्दा धातुको टुक्रा र रिङसहित उक्त महिलालाई नियन्त्रणमा लिएका हौँ,’ डिएसपी जोशीले भने  तत्कालै वडा नम्बर ९ का प्रतिनिधि र स्थानीयको रोहवरमा सुनपसलमा तौल गर्दा धातु २८० ग्राम २९ मिलीग्राम रहेको पाइएको छ । उक्त धातुलाई तोलामा हिसाव गर्दा झन्दै २४ तोला हुन आउने उनले बताए ।

डिएसपी जोशीका अनुसार  नियन्त्रणमा लिइएको सुनलाई परिक्षण तथा थप प्रक्रियाका लागि राजश्व अनुसन्धान विभागमा पठाइने भएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा कारोवारमा संलग्न व्यक्ती वा गिरोहले उक्त धातु पोखराको कुनै सुनचाँदी व्यवसायीलाई पठाएको हुनसक्ने आँकलन प्रहरीले गरेको छ ।

यस सन्दर्भमा प्राप्त सूचना र  पक्राउ परेकी महिलाको बयानका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्