बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक फेला

बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक फेला

बागलुङ । बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक फेला परेका छन् ।

बेबारिसे अवस्थामा हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोलीले एक थान भरुवा बन्दुक  फेला परेको बागलुङ प्रहरीले जनाएको छ ।

गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका–१ स्थित जनएकता सामुदायिक वनबाट एक थान र सोही नगरपालिका– ३ को भगवतीस्थानको ओडारमा बेवारिसे अवस्थामा रहेका पाँच नाल भरुवा बन्दुक फेला पारेको प्रहरी प्रवक्ता, डिएसपी मदन केसीले जानकारी दिए ।

शिकार खेल्ने शिकारीले ती बन्दुक प्रयोग गर्ने गरेको र प्रहरी देखेपछि बन्दुक छाडेर भागेको हुन सक्ने  प्रारम्भिक अनुमान गरिएको र  बन्दुकलाई कसले र के प्रयोजनका लागि राखेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्