सुन प्रकरणमा विभिन्न निकायको मिलेमतो भएको लामिछानेको दावी

सुन प्रकरणमा विभिन्न निकायको मिलेमतो भएको लामिछानेको दावी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणमा विभिन्न निकायको मिलेमतो भएको दावी  गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसंग कुराकानी गर्दै सभापति लामिछानेले सामान्य कर्मचारीको मिलेमतोले मात्र तस्करी सम्भव नहुने दावी गर्दै उनले यसमा विभिन्न निकायको मिलेमतो भएको बताए ।

कुन कानून टेकेर राजश्वले गरिरहेको अनुसन्धान सिआइबीलाई दिइएको हो भन्ने विषयमा गृहमन्त्रीले प्रष्ट पार्नु पर्ने समेत लामिछानेले बताएका छन् ।

उनले भने ‘ मेरो गृह मन्त्रीलाई प्रश्न आम नेपाली जनतालाई स्पष्ट पारिदिनु होला ताकी तपाईले कुन कानुनमा टेकेर यो राजस्व अनुसन्धानबाट सिआईबीमा लानु भो ? गृह मन्त्री ज्युले हिजो दिनुभएको जवाफमा ३५ दिनको समय माग्नु भएको छ । तर उहाँलाई मेरो प्रश्न छ जुन सिआईबीलाई राजस्व अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सिआईबीमा लाने कुरा भयो राज्यका निकायलाई विश्वास गरौं भन्नु भयो तर मेरो प्रश्न कुनै कानूनमा टेकेर तपाईले गर्नु भयो होला । ’

सभापति लामिछानेले अनुसन्धान सिआइबीलाई नदिने भन्ने नभएको   तर कुन कानूनअनुरुप दिइयो भन्ने चै प्रष्ट हुनुपर्ने बताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्