सर्लाहीमा बाढीका कारण दुई जनाको मृत्यु

सर्लाहीमा बाढीका कारण दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा बाढीका कारण दुई जनाको मृत्यु भएको छ ।

भारी वर्षाका कारण आएको बाँके खोलाको बाढीले बगाउँदा हरिपुर्वा नगरपालिका-७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको हो ।

यस्तै सर्लाहीको बरहथवा नगरपालिकास्थित हजरियामा बागमती नदीमा आएको बाढीले बगाउँदा रौतहटको गढीमाई नगरपालिका–२ समनपुरका ६५ वर्षीय सहिद राईन भाटको मृत्यु भएको हो ।

उनलाई खेतमा काम गर्न जाने क्रममा बागमतीले बगाएको थियो । तत्कालै स्थानीयले उद्धार गरी अस्पताल पुर्‍याएका पनि उनलाई चिकित्सकले मृत घोषणा गरे ।

सर्लाहीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बाढीमा फसेकामध्ये ७० बढी व्यक्तिको उद्धार गरेको छ  ।  बाढीमा फसेका केही व्यक्तिले पौडी खेलेर ज्यान जोगाएका छन्  ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्