संसद बस्नुअघि सभामुखले प्रमुख सचेतकहरूसँग छलफल गर्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नुअघि सभामुख देवराज घिमिरेले सबै दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन्।

बालुवाटारमा भएको भएको तीन दलका शीर्ष नेताहरूको बैठकमा सदन खुलाउने सहमति भएपछि सभामुखले सबै दलका प्रमुख सचेतकहरूसँग छलफल गर्न लाग्नु भएको माओवादी प्रमखु सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘तीन बजे सदन खोल्ने सहमति भएको छ। त्यसअघि सभामुखले सबै दलका प्रमुख सचेतकसँग छलफल गर्नुहुन्छ।’

पाण्डेले तीन दलको बैठकमा सबैले आफ्नो धारणा राखेपछि गृहमन्त्रीले सून प्रकरणबारे जवाफ दिने सहमति भएको जानकारी दिए ।

त्यसअघि एमाले सचेतक, महेश बर्तौलाले गृहमन्त्रीले जवाफ दिने सहमतिसंगै सदन खोल्न एमाले तयार भएको जानकारी दिएका थिए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्