संसद खोल्न एमाले तयार, माग सम्बोधन नगरे पुनः अवरोध गर्ने

संसद खोल्न एमाले तयार, माग सम्बोधन नगरे पुनः अवरोध गर्ने

काठमाडौं । सुन प्रकरणमा छानविन समिति गठनको अडानबाट नेकपा एमालेपछि हटेपछि प्रतिनिधिसभाको बैठक चल्ने भएको छ ।

बालुवाटारमा भएको तीन दलको शीर्ष नेताहरूको बैठक उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने सहमति भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको सचेतक महेश बर्तौलाले बताए ।

उनले भने ‘सरकार आफ्नो अडानमा रह्यो,उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अहिलेसम्म सरकार तयार नभएको अवस्था हुँदाहुँदै पनि आज गृहमन्त्रीले केही विषय बताउँछु भन्नुभएको हुनाले सदन चलाउने र गृहमन्त्रीको जवाफ सुन्ने सहमती बनेको छ । ’

गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरे पुनः सदन अवरोध गर्ने उनको भनाई छ ।

उनले अहिलेको अवस्था हेरेर पनि बैठक खोज्ने निणर्यमा पुगिएको बताए ।

‘संसदमा देशभरिका प्रतिनिधिले आफ्ना धारणा राख्नुपर्ने अवस्था छ । बाढी पहिरोको समस्या छ । लम्पी किस्न लगायतका विषयहरु छन् । त्यो विषयहरुमा धारणा राख्नलाई पनि हामीले हाउस ओपन गर्नुपर्ने अवस्था छ । ’ उनले भने ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्