काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुंवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
उद्दार, राहत र पुर्नस्थापनाका लागि सम्पूणर् रूपले सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन छ ।