नारायणगढ-मुग्लिन खण्डमा पहिरो, सडक अवरुद्ध

काठमाडौं । निरन्तरको वर्षाका कारण ठाउँ ठाउँमा खसेको पहिरोसँगै नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-६ कालीखोला लगायत नारायणगढ-मुग्लिन सडकका विभिन्न स्थानमा अत्याधिक बर्षाको कारण पहिरो गएको छ । इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने कालीखोला पुलनजिक अविरल वर्षापछि खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान सवा ५ बजेदेखि नै पहिरोले उक्त सडक पूणर्रुपमा अवरुद्ध बनेको छ ।

मंगलबार बिहानबाटै विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने प्रयास गरिरहेको जनाएको छ ।

अहिले पनि सो क्षेत्रमा भारी वर्षा भैरहेकोले पहिरो हटाउने कार्य सुरु गर्न सकिएको छैन । पहिरो पन्छाउन करिब तीन घण्टा समय लाग्ने अनुमान गरिएको छ ।

संघीय राजधानी काठमाडौंको लाइफलाइन मानिएको यो महत्वपूर्ण सडकमा पहिरोका कारण सडक अवरुद्ध बन्दा नारायणगढ-मुग्लिनहुँदै काठमाडौं आउने र बाहिरिने हजारैं यात्री मारमा परेका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्