भारी वर्षाका कारण काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बाढी

भारी वर्षाका कारण काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बाढी

काठमाडौं । भारी वर्षाका कारण  काठमाडौं उपत्यकाका नदी तथा खोलाहरुमा बाढी आएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले  बाढीको सतह सतर्कताको तहसम्म पुगेको भन्दै  सतर्कता अपनाउन आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाका आसपासका क्षेत्रमा भारी वर्षा भएकोले नदी तथा खोलाहरूमा जलसतह सतह बढ्दो क्रममा रहेको भन्दा महाशाखाले  बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन भनेको छ ।

गएरातिदेखि परेको अविरल वर्षाको कारण अनामनगरस्थित धोबी खोला र सामाखुशी आसपासको क्षेत्र डुवानमा परेको छ ।

भारी वर्षाको कारण मंगलबार बिहान अनामनगर क्षेत्र डुवानमा परेको हो । धोबीखोलामा पानीको सतह उच्च हुँदा वरिपरिका घरहरु पनि डुवानमा परेका छन् ।

यस्तै,सामाखुशी क्षेत्र पनि डुवानमा परेको छ । सामाखुशीमा विद्यालय,घर लगायतका क्षेत्र डुवानमा परेका हुन् । बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तिमापनि बाढी पसिसकेको छ ।

उपत्यकामा बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । नदी तथा खोलाको जल सतह बढ्ने क्रममै रहेकोले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सर्तकता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

निरन्तरको वर्षाका कारण काठमाडौं उपत्यका, भक्तपुर, बनेपा र आसपासका  विष्णुमती, धोबीखोला, मनोहरा लगायतकका नदी र खोलाहरुमा बाढीको सतह बढ्दै गएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्