काठमाडौं । साउने सोमबार देशभरका शिवालयमा हिन्दू धर्मालम्वीहरुले भीड लागेको छ ।
सोमबार भगवान शिवको पूजा आराधना गरी व्रत बस्ने प्रचलन रहिएको छ । शिवदर्शन,पूजा आराधना एवम मनोकामना पूरा गर्न बिहानैबाट पशुपतिनाथमा पनि भक्तजनको भीड लागेको छ ।
यस महिनामा भगवान शिवको विधिपूर्वक पूजा गर्दा उनको सबैभन्दा प्रियवस्तु बेलपत्र अर्पण गर्ने प्रचलन छ ।
भगवान शिवलाई खुसीपार्न शुद्ध जलमात्र चढाए पनि हुन्छ भन्ने धार्मिक मान्यता छ । तर, शिवलाई प्रियलाग्ने बेलपत्र, दुध, धतुरो लगायतका चिज चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता रहि आएको छ ।
पशुपतिमा दर्शनार्थीको बिहानैबाट घुँइचो बढेसँगै पशुपति विकास कोषले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने व्यवस्था मिलाएको छ ।