बागलुङमा २ महिने शिशुको हत्या गरेको आरोपमा दम्पती पक्राउ

बागलुङमा २ महिने शिशुको हत्या गरेको आरोपमा दम्पती पक्राउ

बागलुङ । बागलुङमा शिशुको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् ।

दुई महिनाको आफ्नै शिशुको हत्या गरेको आरोपमा बागलुङ निसीखोला -४ बडाचौरका २४ वर्षीय विरु विक र उनकी श्रीमती ३० वर्षीया सबिना विकलाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार राती श्रीमान र श्रीमती विच विवाद भई नाबालक खोसाखोस गर्ने क्रममा घरको भुईमा बझारिदा शिशुको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, डिएसपी मदन केसीले जानकारी दिए ।

डिएसपी केसीका अनुसार घटनापछि हत्या आरोपमा विक दम्पतीलाई शुक्रबार नै पक्राउ गरीएको हो ।

विक दम्पतीमाथि जिल्ला अदालत बागलुङमा आइतबार ज्यान सम्बन्धी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्