पोखराको सृजनाचोकबाट ६० वर्षीया महिला पक्राउ

पोखराको सृजनाचोकबाट ६० वर्षीया महिला पक्राउ

पोखरा । पोखरामा नाबालिका तथा महिलालाई यौनजन्य कार्यमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा गोरखा पालुङटार स्थायी घर भई पोखरा-८ सृजनाचोकमा खाजा घर संचालन गर्दै आएकी ६० वर्षीया पार्वती काराखेती रहेको प्रहरीले जनाएको छ ।

होटलमा वेटरको काम लगाइदिने भन्दै विभिन्न प्रलोभनमा पारेर नाबालिका तथा महिलालाई यौनजन्य क्रियाकलापमा लगाउँदै आएको सूचनाका आधारमा काराखेतीलाई शनिबार पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता, डिएसपी श्रवण कुमार विकले जानकारी दिए ।

उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्