काठमाडौं । काठमाडौं महानगरपालिकाले सामाखुसी खोला सफा गर्न थालेको छ ।
असारबाट सामाखुसीस्थित विभिन्न ठाउँमा रहेका खोला माथिका स्ल्याबहरू हटाउन थालेको महानगरले मुख्य सडकमा रहेको सबै स्ल्याब हटाएर खोला सफा गर्न थालेको हो।
खोला पुरानै स्वरुपमा आएपछि त्यसको दायाँबायाँ पर्खाल उठाउने र फलामको बार लगाइने महानगरले जनाएको छ ।
सोही खोलाबाट गत साउन ७ गते १३ वर्षीय बालक साजन मगर बेपत्ता भएका थिए। खोलामाथि स्ल्याब नहुँदा खसेर बेपत्ता भएका उनको शव ११ दिनपछि दक्षिणकाली नगरपालिका-७ स्थित नदी किनारमा भेटिएको थियो।