माओवादी फेरी जागेको छ, पार्टी नयाँ ढंगले अघि बढ्छ : अध्यक्ष प्रचण्ड

माओवादी फेरी जागेको छ, पार्टी नयाँ ढंगले अघि बढ्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले, पार्टी भावनात्मक रुपमा एक ढिक्का भएको दाबी गरेका छन् ।

पाँचदिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले आफूहरू हामी एक ढिक्का भएको र पार्टी नयाँ ढंगले अघि बढ्ने बताएका हुन् ।

‘विचार र राजनीतिमा मात्र एकमत भएका छैनौ । मेरो विश्वास छ र म घोषणा गर्न सक्छु । आम मिडिया मार्फत जनतासामु भन्न चाहन्छु , सबैका निम्ति यो खुसीको कुरा हो हामी भावनात्मक रुपले पनि एकजुट भएका छौं । अब माओवादी फेरी जागेको छ । माओवादीले देशको नेतृत्व लिने गरी फेरी अगाडी बढ्ने छ ।’ उनले भने ।

आफूहरु अब जनताको भावनालाई सम्बोधन गर्ने बाटोमा कुनै सम्झौता नगर्ने उनको उद्घोष छ । ‘नेपाली जनताको चाहना र भावनालाई सम्बोधन गर्न जस्तो सुकै त्याग र बलिदान गर्न तयार छौं । बीचमा कता कता केहि अन्यौलमा परेको जस्तो भएको थियो यो बैठकले नयाँ उज्यालो पार्टीलाई र देशलाई दिएको छ । ’ प्रचण्डले भने ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्