माओवादी नेताको जिम्मेवारी हेरफेर

माओवादी नेताको जिम्मेवारी हेरफेर

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

काठमाडौंमा बसेको माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका हुन् ।

प्रस्तावित जिम्मेवारीअनुसार प्रचार विभागमा अग्नि सापकोटा, प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुनलाई प्रस्ताव गरिएको छ ।

पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेपछि अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा प्रस्ताव लगेका थिए ।

बैठकमा अध्यक्ष प्रचण्डले भने ‘म समेतको कार्य विभाजन भएको छ । म पनि सात वटा प्रदेशका सात वटा वडामा गएर त्यहाँको जनताको भावना र चाहना बुझ्ने र सबै केन्द्रीय लिडरहरु वडाकेन्द्रीत भएर अभियान चलाउँने निष्कर्षमा पुगेका छौं । ’

माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको नेतृत्व दिएको छ भने अर्का उपाध्यक्षअग्निप्रसाद सापकोटा,प्रचार प्रसार विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

त्यस्तै पम्फा भुसाल- जनवर्गीय संगठन इन्चार्ज, वर्षमान पुन- विशेष प्रदेश इञ्चार्ज, चक्रपाणि खनाल- कोशी प्रदेश इञ्चार्ज, लीलामणि पोखरेल- मधेश प्रदेश इञ्चार्ज, जनार्दन शर्मा- बागमती प्रदेश इञ्चार्ज, देवेन्द्र पौडेल- गण्डकी प्रदेश इञ्चार्ज, हितमान शाक्य- लुम्बिनी प्रदेश इञ्चार्ज, मात्रिका यादव- कणर्ाली प्रदेश, डिलाराम आचार्य- सुदूरपशिम प्रदेश इञ्चार्ज तोकिएका छन् ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्