भारतमा पहिरोमा परि बेपत्ता नेपालीको खोजी गर्न कांग्रेसको माग

भारतमा पहिरोमा परि बेपत्ता नेपालीको खोजी गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले भारतको उत्तराखण्ड राज्यमा केदारनाथगौरीकुण्ड नजिकै पहिरोमा परेर ११ जना नेपाली नागरिक वेपत्ता भएको खबरप्रति दुःख व्यक्त गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले बेपत्ता हुने अधिकांश व्यक्ति जुम्ला पातारासी गाउँपालिकाका भएको उल्लेख गर्दै यस दुःखद घटनामा वेपत्ता भएका व्यक्तिको परिवारजनको पीडाप्रति गहिरो संवेदनशीलता र सहानुभूति प्रकट गरेको छ ।

कांग्रेसले वेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरुको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र तत्पश्चात स्वदेश फिर्ता ल्याउनकालागि भारत सरकारसँग अविलम्व पहल गर्न सरकारसँग माग पनि गरेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्