काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सत्ता स्वार्थको लागि भएको दावी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीले भ्रमणमा भूगोलको र सीमा समस्याबारे टुङगो लगाउँन नसकेको भन्दै भ्रमण राष्ट्रिय स्वार्थ भन्दा पनि सत्ता स्वार्थ प्रधान भएको दावी गरे ।
उनले भने, ‘अहिलेका प्रधानमन्त्री भारत जानु भयो । के के सम्झौता गर्नुहुन्छ, केहि बताउँनुहुन्न । जे गर्नुपर्ने त्यो केहि पनि काम गर्नुभएन । हाम्रो भूगोलको बारेमा, सीमाको बारेमा ,जो भारतले विभाजित बनाउँन खोजेको छ त्यस सम्बन्धमा टुङगो लागेन । यस्ता नेपालको आवश्यकता र भावना नेपाली न्यायोचित पक्षमा हुनुपर्ने कुरामा कमजोरी देखाईयो । सत्ता स्वार्थ प्रदान भयो, राष्ट्रिय स्वार्थ प्रदान भएन ।’
बिभिन्न सन्धि सम्झैताको अध्ययन गरेर भारत बीचको सम्बन्धलाई आजको समय अनुकुल न्याय र समानतामा आधारित उचित , सुमधुर र सुदृढ बनाउँनको लागि ईपीजी गठन गरेता पनि त्यस विषयमा प्रधानमन्त्रीले कुरा नउठाएको उनको भनाइ छ ।
उनले भने, ‘बिभिन्न सन्धि सम्झैताको अध्ययन गरेर नेपाल र भारत बीचको सम्बन्धलाई आजको समय अनुकुल न्याय र समानतामा आधारित उचित, सुमधुर र सुदृढ कसरी बनाउँने त्यस सम्बन्धको लागि ईपीजी गठन गरिएको थियो । त्यस विषयमा कुरा उठाउँन भनिएको थियो । उठाउँनु भएन ।’
अध्यक्ष ओलीले सरकारले बेठीक गर्दै जाँदा आफूहरुको समर्थन हुन्छ भन्ने कुरा कल्पना पनि नगर्न नमिल्ने बताए ।