स्याङ्जामा जिप दुर्घटना हुँदा १२ जना घाइते

काठमाडौं । स्याङजाको भिरकोट नगरपालिका ६ कार्की डाँडास्थित भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

शुक्रबार साँझ बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको ग २ च ७३७५ नम्बरको बलोरो जिप उकालो बाटोमा ब्याक हुन गई पल्टिदा चालकसहित १२ जना घाइते भएका हुन् ।

घाइतेहरुको गण्डकी अस्पताल पोखरा र कालिका सामुदायिक अस्पताल हेलुमा उपचार भइरहेको छ ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्