मन्त्रिपरिषद्का निणर्यहरु कार्यान्वयन नभएको प्रधानमन्त्रीको गुनासो

मन्त्रिपरिषद्का निणर्यहरु कार्यान्वयन नभएको प्रधानमन्त्रीको गुनासो

काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदले गरेका कैयौँ निणर्यहरू अझै पनि कार्यान्वयन हुन नसकेको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजित मन्त्रालय स्तरीय समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री दाहालले निणर्य कार्यान्वयनको विषयलाई लिएर देखिने गरी काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

उनले भने ‘ मन्त्रिपरिषदले गरेका कैयौँ निणर्यहरू अझै पनि कार्यान्वयन हुन सकेका छैनन, यो विषयमा उचित र प्रभावकारी समन्वय प्रधानमन्त्री कार्यालयबाट हुन सकेन कि भन्ने मेरो अनुभूति छ । यसमा देखिने गरी सुधारका लागि आजैदेखि काम थाल्न म आग्रह गर्दछु । प्रधानमन्त्री कार्यालयका कार्यहरूको वार्षिक क्यालेन्डर ( कार्ययोजना ) तयार गरी लागू गर्नुहोस्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीहरूले दैनिक रूपमा आफूले गरेका कार्यहरूको डायरी लगत तयार गरी लिखित रूपमा एक तह माथिको सुपरीवेक्षक समक्ष पेश गर्ने र सोहीअनुसार कर्मचारीको पाक्षिक रूपमामूल्यांकन गर्ने प्रणालीको सुरुवात गर्नुहोस । ’

प्रधानमन्त्रीदाहालले कार्यालयलाई स्मार्ट र सेन्टर अफएक्सिलेन्सको रूपमाविकास गर्नुपर्ने बताए। ‘अहिले म प्रधानमन्त्रीभएर आएको ७ महिनाबितिसकेको छ। प्रधानमन्त्रीतथामन्त्रिपरिषदको कार्यालय देशको सर्वोच कार्यकारी कार्यालयहो। यहाँबाट हुने कार्यसम्पादनको प्रतिबिम्बले सिँगो देशको कार्यप्रगति र सरकारको प्रतिबिम्व झल्किन्छ। त्यसैले हामी स्मार्ट र सेन्टर अफएक्सिलेन्सको रुपमाविकास हुन जरुरी छ। प्रधानमन्त्रीकार्यालय जगेडा कर्मचारी थन्काउने थलो भनेर जसरी विम्ब स्थापना गर्न खोजिएको छ, त्यसलाई चिर्न पनि जरुरी छ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्तर्गतकानिकायहरूले गरेका कार्यप्रगतिको समीक्षागर्दा समस्याका चाङ पनियथावतै रहेको उनको भनाइ छ ।  प्रधानमन्त्री दाहालले सरकारी कर्मचारी तथा पदाधिकारीहरूको वैदेशिक भ्रमणलाई उपयोगी एवं नतिजामुलक र व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नैपर्ने र आवश्यकता देखिएका बाहेकका वैदेशिक भ्रमणलाई निरुत्साहन गर्नुपर्ने पनिबताए ।

प्रतिक्रिया/सेयर

थप खबर

यो पनि पढनुहोस्